Loading...
Logo
Image

सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्यो

सरकारले सामाजिक दुरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराएका हुन् । 

यातायात व्यवसायीले साबिक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।  सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने खतिवडाले बताए ।

काठमाडौंमा भने तीन जिल्लामा सवारी साधन चल्न पाउने छन् भने काठमाडौं उपत्यका बाहिर सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

 

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

Comments