- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द हुने भएको छ । प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाइएको हो ।
बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने लागिएको हो । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरूले भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । पछिल्लो समय प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर भारतीय न्युज च्यानलमा आपत्तिजनक विषयहरू प्रसारण हुन थालेका छन् ।
यसअघि अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आएका विषयवस्तुप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको बताएका थिए । मिडियाहरूमा प्रतिबन्ध लगाउनुभन्दा आफैँ अनुशासनमा बस्ने भए पनि त्यसो हुन नसके कूटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।
'राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्याउने किसिमका समाचारहरू सम्प्रेषण नगर्न अनुरोध पनि गर्छौं सबै मिडियाहरूलाई, त्यो मानेमा अरू छिमेकी मुलुका मिडियाहरू पनि पर्छन्,' पत्रकारहरूले सोधेको प्रश्नहरूको उत्तर दिँदै उनले भने, 'यसको पछाडि अब हामीले राजनीतिक र कानुनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।'
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments