- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

अविरल वर्षाका कारण गएको पहिरोमा परि देशका बिभिन्न ठाउँहरूमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । गएराति पोखराका विभिन्न स्थानमा ४ जनाको ज्यान गएको छ, ९ जना घाइते भएका छन् । लमजुङमा पहिलोले घर पुरिंदा एकैघरका ३ जनाको मृत्यु भएको छ भने म्याग्दीमा पहिरोका कारण ७ जना बेपत्ता भएका छन् ।
राति करिब २ः४५ बजेको समयमा पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ ।त्यसैगरी पोखरा महानगरपालिका-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभए पनि ३ वटा बाख्रा पुरिएका छन् ।
पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।
लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बेसीसहर नगरपालिका-७ सातबीसका ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङ रहेका छन् ।
गएराति ११ बजे पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
त्यसैगरी म्याग्दीको धौलागिरी गाउँपालिका-६ मराङको रिखामा पहिरो जाँदा आज बिहान ७ जना बेपत्ता भएका छन् ।
मराङको घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका हुन् ।
पहिरोले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको छ । भीमप्रसादको घरमा ४ र धनबहादुरको घरमा ३जना थिए ।
त्यस्तै, मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् ।
भाग्ने क्रममा १ जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
Comments