Loading...
Logo
Image

ठगीको आरोपमा ज्योतिष अर्जुन थापा क्षेत्री पक्राउ

आफुलाई ज्योतिष भएको बताउने अर्जुन थापा क्षेत्री ठगीको आरोपमा पक्राउ परेेेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका क्षेत्रीलाई विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

आयोगको टंगाल टोलीले क्षेत्रीसहित ९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ।  नेपाल विधुत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै उनीहरूले मिलाइदिने भन्दै  ४ करोडको मागेका थिए ।

उनीहरूको डिल ५० लाख रुपैयाँमा मिलेको थियो । सो पैसा लिन जाँदा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । क्षेत्री यसअघि पनि भूकम्प आउँछ भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका थिए ।  

Comments

KATHMANDU WEATHER