Loading...
Logo
Image

तनहुँको पुल्चोक बजार डुबानमा

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजार डुबानमा परेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेपछी पुल्चोक बजार डुबानमा परेको हो । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले चौपाया पनि बगाएको छ । वडा नम्बर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाइएको छ ।  

नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।

Comments