- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहोर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहोर फाल्न संलग्न हुने जतिबाट २३ हजार जरिमाना गराएको छ ।
काठमाडौं महानगरपालिका-२९ स्थित सेतोपुलमुनि फोहोर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि ३ दिनसम्म खोजी गरी फोहोर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारबाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।
भिडियोमा फोहोर फालिरहेको रिक्साको नं २४३ र फोन नं देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सकिएको उनले सुनाए ।
‘कानुनी व्यवस्थाअनुसार जरिमानासहित सार्वजनिक अपराधको मुद्दामा पठाउन लागेका थियौँ, एकपटकलाई जरिमानासहित अब आइन्दा सार्वजनिक स्थानमा फोहाेर नफाल्ने प्रतिबद्धतासहित फोहाेर फाल्न लगाउने घरधनी रहिम मोहद्दिनलाई रु १५ हजार जरिमाना गरिएको छ,’ अभियानकर्मी गिरीले भने ।
महानगरपालिकाले रिक्साचालकलाई १ हजार, रिक्सा धनीलाई २ हजार, फोहोर फाल्नेलाई ५ हजार गरी जम्मा २३ हजार जरिमाना गरेको वडा नं ३० का सदस्य शर्मिला महतोले जानकारी दिइन् ।
फोहाेर फाल्न संलग्न वडा नं ३० मा बस्ने गरेकाले कारबाहीका लागि वडाका तर्फबाट प्रतिनिधित्व गरेको पनि उनले जानकारी दिइन् ।
जरिमानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहाेर टिप्नु पर्नेछ ।
यसैगरी फोहाेर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ । ३ दिन अघि फालेको फोहाेर फाल्नेले नै आइतबार उठाउने गरीसमेत सहमति भएको रुद्रमती सफाइ अभियानले जनाएको छ ।
अब आइन्दा नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहाेर फाल्नेलाई कडाभन्दा बडा कारबाही गरिने भएकाले फोहाेरलाई महानगरपालिकाको गाडी आएका बेलामात्र फाल्न, कुहिने फोहाेर बारी एवं कोशीखेतीमा उपयोग गर्न पनि अभियानले सुझाएको छ ।
उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहाेर फालेको भेटेमा तस्वीर वा भिडियो खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments