Loading...
Logo
Image

भारतलाइ गाली गरेर सरकारले वार्ताको वातावरण बिगारेको नेता पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गालीगलौजमा उत्रिएर वार्ताको वातावरण बिगारेको आरोप लगाएका छन् ।उनलेे कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।

शनिबार गण्डकी प्रदेशका कांग्रेस नेता तथा कार्यकर्तासँग गरेको भर्चुअल बैठकमा उनले वर्तमान सरकारले राष्ट्रियताको सवालमा कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्नेमा गालीगलौजमा उत्रिएर गल्ती गरेको बताएका हुन् ।

नेता पौडेलले वर्तमान सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको आरोप लगाए । नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शङ्का नगर्न आम नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

Comments