- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको छ।
उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी ट्वीटमार्फत दिएका छन् । बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।
कोरोना भाइरसको संक्रमणबारे जानकारी दिंदै उनले भनेका छन्, 'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ ।'
पछिल्ला दस दिनमा जो आफ्नो सम्पर्कमा आएका छन् उनीहरुलाई आफ्नो कोरोना भाइरस परीक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।
अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
अभिषेकले ट्वीट गर्दैै आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
ट्वीट गर्दै उनले भनेका छन्, 'मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।'
-
-
3 years ago
भारतीय कोरियोग्राफर सरोज खानको निधन
Comments