Loading...
Logo
Image

पोलीमर नोट प्रकरणमा तिलक रावलसहित तिनै जनालाई सफाई

पोलिमर नोट छपाइ घोटाला प्रकरणमा विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतले रावलसहितका आरोपीहरूलाई आज सफाइ दिने फैसला गरेको हो । शान्ति सिंह थापा र शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेतीको इजलासले रावलसहित ३ जनालाई सफाइ दिने फैसला गरेको हो । 

रावलसँगै राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडे पनि सफाइ पाएका छन् ।

१० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । 

उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गर्दै अख्तियारले ५ पुस २०७५ मा ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

Comments

KATHMANDU WEATHER