- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित अभिव्यक्तिसँग जोडेर त्यहाँका नेपालीमाथि भएका दुर्व्यवहार गलत भएको भन्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यस्तो व्यवहार गर्नेलाई कारबाही थालिएको जानकारी दिए । भारतस्थित नेपाली दूतावासले घटनाबारे चासो राख्दै शुक्रबार मुख्यमन्त्री आदित्यनाथसँग टेलिफोनमा चासो व्यक्त गरेको थियो ।
मुख्यमन्त्री आदित्यनाथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यसँगको कुराकानीका क्रममा नेपाली नागरिकमाथि भएको दुर्व्यवहारविरुद्ध कारबाही थालिएको जनाउ दिएको राजदूत आचार्यले बताए ।
“नेपालीहरू उत्तरप्रदेशमा सुरक्षित रहनेछन्, कारबाही सुरु भइसकेको छ, नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ र जनस्तरको सम्बन्ध बलियो छ त्यसलाई बिथोल्न र खल्बलिन हामी दिँदैनौँ,” भनेर मुख्यमन्त्री आदित्यनाथले आश्वस्त पारेको राजदूत आचार्यले बताए ।
विश्वहिन्दु सेनाका कार्यकर्ताले त्यहाँस्थित एक नेपालीलाई जबरजस्ती केसमुण्डन गरी टाउकोमा श्रीराम लेखेर प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउन लगाएको भिडियो सार्वजनिक गरेका थिए । साथै बनारसको ललिताघाटस्थित पशुपतिनाथको मन्दिरमा नेपाल विरोधी पोस्टरसमेत टाँसिएका थिए । यो मन्दिर नेपालका तात्कालिन राजा रणबहादुर शाहले आफू प्रवासमा रहँदा निर्माण गरेका थिए । सो घटनालाई लिएर प्रहरीले सङ्घका संस्थापक अध्यक्षविरुद्ध नै उजुरी दर्ता गरेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा रामसँग सम्बन्धित विषयमा थप अनुसन्धान हुनसक्ने बताएका थिए । साथै यस घटनालाई लिएर नेपालको कसैको भावनामा चोट पुर्याउने आशय नरहेकोसमेत सरकारले स्पष्ट पारेको थियो ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments