Loading...
Logo
Image

धादिङमा पुल भाँचियो, पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवाखोला पुल भत्काएको छ । बाढीका कारण पुल पूरै भाँचिएको छ । पुल भाँचिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवतजावत ठप्प भएको नेपाल प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताए । उनका अनुसार काठमाडौं आउजाउ गर्ने गाडीहरू पनि रोकिएका छन् । उक्त पुलबाट मानिसहरूमात्रै आउजाउ गर्ने अवस्था मात्रै रहेको उनले बताए । बाढीले धादिङतर्फको पुलको भाग भत्काएको छ ।

धादिङमा पृथ्वीराजमार्गका आधा दर्जनभन्दा धेरै ठाउँमा पहिरो खसेर सडक पनि अवरुद्ध भएको छ । उता, चितवनमा पनि ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ ।

Comments