Loading...
Logo
Image

पानीको बहाव उच्च भएपछि कोशी व्यारेजका ४८ ढोका खोलिए

काेशी ब्यारेजका ४८ वटा ढोका खुल्ला गरिएको छ। सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी व्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको हो । 

मंगलबार बिहान गरिएकाे मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएकाे छ । यो बहाव वर्षकै उच्च हाे । 

पानीकाे बहाव उच्च भएपछि तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले  आग्रह गरेकाे छ ।

कोसी ब्यारेज भएर भइरहेको पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ।

निरन्तरकाे वर्षाले देशभरका खाेला, नदीमा बाढी आउँदा कतिपय ठाउँका बस्तीहरू डुबानकाे जाेखिममा परेका छन् ।

Comments