
आजदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसमा पठनपाठन सुरू हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी साउन ७ गतेबाट त्रिविअन्तर्गतका सबै क्याम्पस खुल्ने जनाएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत १० चैतदेखि त्रिविअन्तर्गतका सबै क्याम्पस तथा विभागहरू बन्द गर्ने तथा ११ चैतदेखि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको थियो ।
सरकारले लकडाउन अन्त्य भएकाे घाेषणा गरेसँगै त्रिविले क्याम्पसहरू खुलाउने भएकाे हाे ।
Featured News
-
-
-
2 years ago
अनलाइन लगायत सबै पढाइ बन्द गरियो
Comments