Loading...
Logo
Image

बिहीबारदेखि फेरि जोर बिजोर प्रणाली लागू हुने, राति ९ देखि बिहान ५ बजेसम्म हिडडुल गर्न नपाइने

काठमाडौ उपत्यकालगायत दे‍शभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भोलि बिहीबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ । कोरोनाको जोखिम बढेका क्षेत्रमा भोलिदेखि जोर विजोर प्रणाली लागू गरिने गृह मन्त्रालय जानकारी दिएको हो ।  

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले काठमाडौं उपत्यका र कोरोनाका २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारी साधानमा भोलिदेखि लागू हुने गरी जोरविजोर प्रणाली लागू हुने जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम बढेसँगै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा विज्ञहरूले पुनः जोर विजोर लागू गर्न सुझाव दिएका थिए । 

साथै सरकारले उपत्यका प्रवेशमा पनि थप कडाइ गर्ने भएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाकामा आवागमन निषेध गरेको व्यवस्थालाई थप कडाइ गर्न गृहले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

यसैगरी भोलिदेखि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा भएका जिल्ला तथा क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न रोक लगाएको छ ।

गृहमन्त्रालले आज प्रेस विज्ञप्ति जारी गरेर २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला तथा क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडुल गर्न रोक लगाएको जानकारी दिएको हो ।

Comments