Loading...
Logo
Image

रोटरी क्लब अफ मातृभूमीको अध्यक्ष बने अनुज थापा

रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अध्यक्षमा अनुज थापा चयन भएका छन् । सो क्लबले आगामी १ वर्षका लागि यूवा उद्यमी थापालाई नेतृत्व हस्तातरण गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ मातृभूमि बालुवाटारले नयाँ अध्यक्षका रुपमा थापालाई जिम्मेवारी सुम्पिएको हो । थापासँगै आगामी वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ । 

५ वर्षपहिले स्थापना भएको रोटरी क्लब अफ मातृभूमि बालुवाटारले छोटो समयमै समाजसेवाका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । स्थापनाको पाचौँ वार्षिकोत्सव समेत मनाइएको सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष जयराम सिग्देलले नयाँ अध्यक्ष थापालाई जिम्मेवारी हस्तातरण गरेका हुन् ।

रोटरी क्लब नेपाल र भुटान च्याप्टरका अध्यक्ष राजीव पोखरेलले नयाँ अध्यक्ष थापालाई रोटरीको शपथ ग्रहण पनि गराएका थिए । 

करिब १० वर्ष जापानमा अध्ययन तथा व्यवसायमा संलग्न भएर बसेका युवा व्यवसायी थापा नेपाल फर्किएपछि पनि पयर्टन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् ।

जापानमा रहँदा अन्तर्राष्ट्रिय नेपालीमाझ लोकप्रिय सामाजिक संस्था एनआरएनए जापानका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य समेतको जिम्मेवारी सफल रुपमा निर्वाह गरेका थिए । नेपालमा पनि थापा व्यवसायका अलावा विभिन्न सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका ।

Comments