- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं उपत्यकामा १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा१५ दिनसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने सहमती भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अत्यावश्यक बाहेकका सेवा बन्द गर्नेबारे तीनै जिल्लाका अधिकारीहरूबीच सहमति भइसकेको जानकारी दिए ।
उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिमलाई न्यूनीकरण गर्नका लागि शान्ति सुरक्षा अत्यावश्यक सेवा बाहेकका सेवा १५ दिन बन्द गर्ने सहमति गरेको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरूमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरूमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments