- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

शुक्रबार उपत्यकाका ३ जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरैमा कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै १ सय ६ जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जना रहेका बताए ।
उनका अनुसार राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ३, काठमाडौंका १४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भक्तपुरका २, काठमाडौंका ३९ र पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका ४, शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ७, स्टार अस्पताल सानेपामा काठमाडौंका ११, ललितपुरका १, विध ल्याब काठमाडौंमा ललितपुरका १, काठमाडौंका २, ह्याम्स अस्पतालमा काठमाडौंका ४ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ र काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments