Loading...
Logo
Image

कार दुर्घटनामा ३ जनाको मृत्यु

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ । रूपन्देही रोहिणी गाउँपालिका- ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भएर पल्टिँदा ३ जनाको मृत्यु भएको हो । 

प्रदेश- ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएकोमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने ३ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ । 

दुर्घटनामा रूपन्देही ओमसतिया गाउँपालिका बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन् । अन्य २ जनाको परिचय खुल्न बाँकी छ ।

घाइते रूपन्देही सिद्धार्थ नगरपालिका- ४ का ३० वर्षीय अनिल यादव रहेका छन् ।

Comments

KATHMANDU WEATHER