- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

बहिनी नाता पर्ने किशोरीमाथि पटकपटक बलात्कार गरेको अभियोग लागेका वडाध्यक्ष जेल चलान भएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।
बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालीकोटले कारागार चलान गर्ने आदेश दिएको हो ।
जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालीकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।
वडाध्यक्ष शाहीले पहिलो पटक २०७४ सालमा आफ्नो घरमा लगी बलात्कार गरेको र दोस्रो पटक १७ भदौ २०७६ मा किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको एक प्रहरी अधिकारीले बताए ।
वडाध्यक्ष शाहीले ती किशोरीलाई धेरै पटक यौन शोषण गरेको ती प्रहरी अधिकारीको भनाई छ ।
वडाध्यक्ष शाहीले किशोरीलाई विभिन्न बाहनामा धम्काएर बलात्कार तथा यौनहिंसा गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
पीडित किशोरी र वडाध्यक्ष शाहीको स्वास्थ्य परीक्षणका लागि नमुना काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको र मेडिकल रिपोर्ट नआइसकेको बताइएको छ ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments