
कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन्। तर सर्वसाधारणमा भने सम्पूर्ण सरकारी सेवाहरु बन्द हुने खबरहरुका कारण अन्यौलता उत्पपन्न भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।
हेर्नुहोस् बिज्ञप्ति:
Featured News
Comments