
गोङ्गबु गणेशस्थान सडक किनारामा आइतबार सुटकेशभित्र फेला परेको बेवारिसे शवको प्रहरीले सनाखत गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, सनाखत भएका व्यक्ति रोल्पा घुम्तीगढी निवासी ४५ वर्षीय कृष्णबहादुर बोहरा भएको खुलेको छ ।
नयाँबजारस्थित गार्मेण्टबाट कपडा खरिद गरी घुमन्ते व्यापार गर्दै आएका बोहराको सोही राति घटनास्थलनजिकै एक घरको तीन तलामाथि कोठामा हत्या भएको जानकारी महाशाखा प्रमुख दीपक थापाले दिए ।
‘शवको सनाखतसंँगै हत्या घटनास्थल र संलग्न व्यक्तिको पहिचान भइसकेको छ', उनले भने, 'अभियुक्तको पक्राउपछि मात्र हत्याको कारण खुल्नेछ ।' सुटकेशभित्र दुई हातसहितको आधा भाग फेला परेको केही समयपछि करिब तीन सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो ।
प्रहरीले विभत्स अवस्थामा फेला परेको उक्त शवको सनाखत गर्न मृतकको अनुहारसहितको तस्बिर सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक भएको २४ घण्टा नबित्दै शवको सनाखत भएको हो ।
-
4 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments