
डोटीको आदर्श गाउँपालिका-१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएकाे छ । आज राती १ बजे ३ तलाको पुरानो घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार घटनामा थप ५ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र २ वर्षीया छोरी रहेका छन् ।
Featured News
Comments