Loading...
Logo
Image

मिनरल वाटर अब प्रति बोटल १६ रुपैयाँ मात्र

सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने पानीको मूल्य निर्धारण गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो ।

विभागको नेतृत्वमा गठन भएको प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै विभागले सोमबार पानीको नयाँ बजार मूल्य(एमआरपी) तोकेको हो ।

विभागको प्रतिवेदन अनुसार प्रशोधित पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम १६ रुपैया तोकिएको छ । त्यस्तै प्रशोधित पिउने पानीकै प्रतिजार अधिकतम ५० रुपैंया मूल्य निर्धारण गरिएको छ । 

विभागको प्रतिवेदन अनुसार अबदेखि पानी उत्पादक तथा वितरक कम्पनीहरुले प्रतिजार २० रुपैंयामा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैंयासम्म बेच्न पाउनेछन् भने अधिकतम खुद्रा मूल्य (एमआरपी) ५० रुपैंया तोकिएको छ । 

त्यस्तै बोटलको प्रसोधित पानीमा भने विभागले प्रतिकार्टुन कम्पनीले ११० रुपैयाँ , डिस्ट्रीब्युटरले १३० रुपैयाँमा र खुद्रा व्यापारीले १५० रुपैंयासम्म बेच्न पाउने बताएको छ । 

तर बजारमा बिक्रि गरिने प्रति १ लिटर बोटलको पानीमा भने धिकतम १६ रुपैयाँ भन्दा बढि लिन नपाने विभागले जनाएको छ । 

स्रोत: Ratopati

Comments

KATHMANDU WEATHER