# Recent News

डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको भने ३२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराका अनुसार कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।
बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
Featured News
-
3 months ago
पशुपतिनाथको मन्दिर माघ २८ गतेदेखि खुल्ला गरिने
-
3 months ago
आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित
-
Comments