Loading...
Logo
Image

फेसबुक पोष्टका कारण भएको हिंसामा ३ जनाको मृत्यु,६० प्रहरी घाईते

भारतको बैंग्लोरमा मंगलबार राति आपत्तिजनक फेसबुक पोस्टलाई लिएर हिंसा  भएको छ । 

सो घटनालाई लिएर प्रहरी चौकीमा आक्रमण गरेपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले फायरिङसमेत गर्नुपरेको हो ।

सो घटनामा ३ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी प्रहरी घाइते भएका छन् । घाइते हुनेमा एक जना अतिरिक्त प्रहरी आयुक्तसमेत छन् । 

बैंग्लोरको डीजे हल्ली र केजी हल्ली प्रहरी थानामा हिंसा भएको हो । हिंसापछि सो स्थानमा कर्फ्यू लगाइएको छ भने ११० जनालाई पक्राउ गरिएको छ । 

कांग्रेसका विधायक श्रीनिवास मुर्तीका भतिजा नविनले एक समुदायविशेषलाई लक्षित गरी आपत्तिजनक पोस्ट गरेका थिए ।

जसका कारण सो समुदायका मानिसहरू आक्रोशित भएका थिए । प्रहरी आयुक्त कमल कान्तले आरोपी नवीनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । 

कर्नाटकका गृहमन्त्री बसवराज बोम्मईले हिंसाग्रस्त क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गरिएको र हिंसामा संलग्नलाई कारबाही गरिने जानकारी दिएका छन् । 

कांग्रेस विधायक मुर्तीको घरमा तोडफोड गरिएको छ भने बाहिर आगजनीसमेत गरिएको छ । केही सवारीसाधनमा आगोसमेत लगाइएका दृश्यहरू देखिएका छन् । विधायकले हिंसा नगर्न अपिल गरेका छन् ।

उनले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘म जनतासँग अपिल गर्छु कि हिंसामा सामेल केही मानिसहरूको पछि लागेर हिंसामा सामेल हुनु हुँदैन ।’

कांग्रेस विधायकले भतिजाको फेसबुक अकाउन्ट ह्याक भएको बताएका छन् । उनले कुनै धर्मलाई लिएर कुनै टिप्पणी नगरेको बताएका छन् । विधायक मुर्तीले भतिजाको बचाउमा वक्तव्य जारी गरेका छन् । 

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER