
सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय भएकोमा बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।
एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको घटेको पहिलो पटक महासंघलेे जनाएको छ । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ । चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।
Featured News
-
1 month ago
अबदेखी अन्तरबैंक एटिएम प्रयोगमा शुल्क लाग्ने
-
4 months ago
पेट्रोलको मूल्य फेरि बढ्यो
-
Comments