Loading...
Logo
Image

काठमाडौंमा फैलिदै कोरोना, टिचिङ अस्पतालको डाक्टरलाई पनि कोरोना संक्रमण, आकस्मिक कक्ष सिल गरियो

टिचिङ अस्पताल महाराजगन्जका २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ डाक्टरलाई कोरोना पुष्टि भएको हो । 

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलका अननुसार २ डाक्टरलाई कोरोना देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।

२ डाक्टरमा कोरोना पुष्टि भएपछि अस्पतालका अन्य डाक्टर र नर्सको पीसीआर परीक्षण सुरु गरिएको निर्देशक पोखरेले बताए ।

उनका अनुसार कोरोना परीक्षण गरिएका सबैको नतिजा आएपछि मात्र आकस्मिक कक्ष सञ्चालन गरिने छ ।

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER