Loading...
Logo
Image

हेर्नुहोस् काठमाडौंमा अब के के गर्न पाइँदैन

जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक आदेश जारी गर्दै कोरोना संक्रमण बढ्दै गइरहेको सन्दर्भमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्य मादण्डमा थप कडाइ गरिएको जानकारी दिएका हुन् ।

प्रशासनले कोरोना संक्रमण फैलिन नदिन आज शुक्रबार राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम विभिन्न गतिविधिहरू निषेध गर्ने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिए ।

उक्त अवधिमा खुल्ला स्थानमा मानिसहरू भेला, भीड तथा जुलुस गर्न निषेध गरिएको छ । जात्रा महोत्सव, दैनिक हुने नित्य पूजाबाहेकका धार्मिक कार्य, उद्योग व्यापार व्यवासयअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीतका कार्य, शैक्षिक संस्थाहरू संचालनमा पनि निषेध गरिएको छ ।

त्यस्तै, सभा, गोष्ठीलगायत, शैलुन ब्युटीपाल्लर जिमखाना, समूहमा खेलिन खेलकुद पुस्तकालय, संग्रहालय, चिडियाखना, पुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा सकाइकलमार्फत हुने विभिन्न व्यवसाय, स्वास्थ्य मापदण्डविपरीत श्रमिक ओसारपसार, टेक वेबाहेकका होटल रेस्टुरेन्ट संचालन गर्न निषेघ गरिएको जारी आदेशमा उल्लेख छ ।

Comments