- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

सबै आमाबाबुको आफ्ना सन्तानलाई सही बाटोमा डोर्याउने चाहना हुन्छ । त्यसैले बाबुआमाले दुःख गरेर पनि छोराछोरीलाई राम्रो शिक्षा दिने कोसिस गरेका हुन्छन् ।
तर केही अभिभावक आफ्ना सन्तानलाई जानेर या नजानेर वा कुनै प्रलोभनका कारण आफ्ना सन्तानलाई गलत बाटोमा धकेलिरहेका हुन्छन् ।
भारतको राजस्थानको धौलापुरमा यस्तै घटना सार्वजनिक भएको छ । त्यहाँ एक आमाले आफ्नी छोरीलाई जबर्जस्ती यौनधन्दामा धकेल्न खोजेपछि छोरी प्रहरीको सहयोग माग्न पुगेकी छन् ।
आफूलाई यौनधन्दामा सामेल गर्न लागेपछि ती बालिकाले आफ्नी आमाविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् ।
बालिकाको उजुरीपछि प्रहरीले आमालाई पक्राउ गरेको छ । पीडित बालिकाले आफ्नी आमा मुम्बईमा यौनधन्दामा सामेल रहेको बताएकी छन् ।
लकडाउनका कारण घर गएको बेला उनले आफ्नी छोरीलाई समेत अब यौनधन्दाका लागि उमेर पुगेको भन्दै मुम्बई जान दबाब दिएकी थिइन् ।
१६ वर्षीया बालिका धौलपुर राजाखेडा क्षेत्रमा मामाघरका हजुरबुबा हजुरआमासँग बस्दै आएकी थिइन् ।
आफ्नी आमाको कुरा सुनेर डराएकी ती बालिका प्रहरीको ढोका ढक्ढक्याउन पुगेकी हुन् । ती बालिका बेडिया समुदायकी हुन् र उनी सानैदेखि हजुरबुबा हजुरआमासँग बस्दै आएकी छन् ।
आमाले यौनधन्दाका लागि मुम्बई जान दबाब दिएपछि उनले आफूले हजुरबुबा–हजुरआमाको साथमा नै बसेर पढाइ पूरा गर्ने इच्छा व्यक्त गरिन् ।
तर आमाले मुम्बई जान कर गरेपछि भने उनले प्रहरीको सहयोग मागेकी हुन् । सो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
-
-
3 years ago
भारतका पूर्व राष्ट्रपतिको कोरोनाका कारण निधन
-
3 years ago
जापानमा तातो हावाबाट हजारौं प्रभावित
Comments