
पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनको परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा पनि संक्रमण देखिएको पोखरिया अस्पतालले जनाएको छ।
पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ। पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments