
राष्ट्रिय परीक्षा बोर्डले आज २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बसिरहेको छ । बिहानैदेखि बसेको बैठकले रुजु र डमी कपि हेरिरहेका छन् । वोर्डका सदस्यका अनुसार आजै बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी छ ।
परीक्षा नियन्त्रण कार्यालयले एक साता अघि नै परीक्षाफल तयार पारेको हो । परीक्षाफल प्रकाशित भएपनि १५ भदौअघि कलेजहरुले विद्यार्थी भर्ना गर्न भने पाउने छैनन् ।
सरकारले अनुकुलता हेरेर नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि वोर्ड नतिजाको अन्तिम जुटेको हो ।
Featured News
-
-
-
2 years ago
अनलाइन लगायत सबै पढाइ बन्द गरियो
Comments