
काठमाडौंको भिमसेन गोलामा रहेको बि एण्ड बि मिट मार्टमा बिक्रिको लागि राखिएको २२ बोरा मरेको कुखुराको मासु फेला परेको छ ।
गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।
विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको थियो ।
मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गर्न निर्देशन दिइएको बिभागले जनाएको छ ।
प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको र कालोबजारी ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने तयारी गरेको छ ।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments