
काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि १० भदौ मध्यरातिसम्म निषेधाज्ञा हुने भएको छ ।
दैनिक रूपमा कोरोना संक्रमण संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले १० भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा यातायात, अत्यावश्यक सेवाबाहेक अन्य व्यवसाय बन्दपूर्ण रूपमा बन्द हुने छन् ।
मन्त्रिपरिषदको सोमबारको बैठकले जिल्ला प्रशासन र स्थानीय प्रशासनलाई निषेधाज्ञालगायतका आवश्यक कामकाज जिम्मेवारी दिएको थियो ।
Featured News
Comments