Loading...
Logo
Image

राष्ट्रिय झण्डा जलाउने मध्येका ४ जनालाई प्रहरीले पक्राउ गर्यो

नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार अपलोड गरिएको भिडियो भाइरल भएपछि उनीहरुमाथि कारबाहीको दबाब बढेको थियो । 

महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार भिडियो बनाउने ४ जना पक्राउ परिसकेका अन्य ६ जनाको खोजी तीव्र पारिएको छ ।
 
पक्राउ पर्नेमा १ युवती र ३ युवा छन् । उनीहरू क्यामरामेन, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगातयत हुन् । 

पक्राउ परेका चारै जना व्यक्तिमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  

Comments