Loading...
Logo
Image

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता भयो

निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको छ । सबै प्रक्रिया पुगेपछि नेकपा (एमाले) दलको रुपमा दर्ता भएको आयोगले जनाएको छ । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेका बेला गत असारमा नेकपा (एमाले) दर्ताका लागि आयोगमा निवेदन पुगेपछि त्यसले हलचल मच्चाएको थियो । 

तत्कालीन नेकपा (एमाले) र नेपका (माओवादी केन्द्र) एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो ।

स्थायी कमिटी बैठक बसिरहेका बेला नेकपा (एमाले) दर्ता गरेकोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आपत्ति जनाएका थिए । 

पुनः दर्ता भएको नेकपा (एमाले) ले उदाउँदै गरेको सूर्य चुनाव चिन्ह पाएको छ । यसअघि एमालेको चुनाव चिन्ह हाल नेकपाको चुनाव चिन्ह रहेको छ ।  

Comments