
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित उनको सुरक्षामा खटिने सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
उनका अनुसार नेपाल परिवार र उनको सुरक्षामा खटिने सुरक्षाकर्मीको गरी ३३ जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीमा कोरोना देखिएको भए पनि परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए।
उनले संक्रमण पुष्टि भएको ९ जना सुरक्षाकर्मी आइसोलेसनमा पठाइसकेको र परिवारका सदस्यहरु होम क्वारेन्टिनमा रहेको जानकारी दिए।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments