- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषयमा अध्ययन गर्न बनेको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ ।
आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अध्यक्षद्वयले ३० साउनमा पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वमा कार्यदल गठन गरिएका थिए । कार्यदलले प्रतिवेदन सर्वसम्मतिले तयार परेर बुझाएको थापाले जानकारी दिए ।
'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल'प्रचण्ड'द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ । आज भदौ ६ गते साँझ ४:४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको छ' उनले भने ।
पार्टी महासचिव पौडेल संयोजक रहेको कार्यदलमा प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनारदत शर्मा सदस्य रहेका छन् । पौडेल र पोखरेल ओली पक्षका नेता मानिन्छ भने रावल र पाण्डे वरिष्ठ नेता माधव नेपाल पक्षका मानिन्छन् । त्यस्तै, भुसाल र शर्मा प्रचण्ड पक्ष नेताहरू हुन् ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments