- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।
आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिए ।
सिडिओ दाहालले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’
बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो ।
उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म कायम हुनेछ ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments