Loading...
Logo
Image

बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् ।

शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी दिएका छन् ।

चौधरीले आफूलाई काेराेनाकाे कुनै पनि लक्षण भने नदेखिएको जानकारी गराएका छन् । आफू अहिले डाक्टरको सल्लाहअनुसार आइसाेलेसनमा बसेको जानकारी गराएका छन् ।

Comments

KATHMANDU WEATHER