
नेपाली सेनाकाे मुख्यालय भद्रकालीस्थित जंगी अड्डामा एक जना सैनिक जवानले आत्महत्या गरेका छन् ।
भद्रकालीस्थित आर्मी पेट्राेलपम्पकाे ड्युटीमा रहेका उनले आइतबार बिहान करिब ३ बजे आफैँलै बाेकेकाे बन्दुकले गाेली हानी आत्महत्या गरेका हुन् ।
उनकाे शव महानगरीय प्रहरी परिसर र सैनिक प्रहरीकाे राेहबरमा पाेस्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पातालमा लगिएकाे नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्ताेषवल्लभ पाैडेलले बताए ।
उनको घल तनहुँकाे रानीपाेखरी भएको बताइएको छ ।उनले किन आत्महत्या गरे भन्ने खुलेकाे छैन ।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments