
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित पत्नी डा. सरला घिमिरेलाई कोरोना पुष्टि भएको हो ।
दुवैलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् । शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा. रिजालले बताए ।
‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो । हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौँ’ उनले भने । सुरुको दिनमा हल्का ज्वरो आए पनि हाल कुनै लक्षण नदेखिएको डा. रिजालले बताएका छन् ।
स्रोत: Shilapatra
Featured News
-
4 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments