Loading...
Logo
Image

काठमाडौंमा निषेधाज्ञा एक साता थपियो

काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूसहितको गृहमन्त्रालयमा बसेको  बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जनाईएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले पहिलोपटक ३ भदौकाे मध्यरातिदेखि १० भदौसम्म निषेधाज्ञा जारी गरेकोमा त्यसपछि १७ गते‍सम्म निषेधाज्ञा लम्ब्याएको थियो ।

आज राति देखि निषेधाज्ञाको समय सकिन लाग्दा एक साता थप गरिएको हो ।

Comments

KATHMANDU WEATHER