
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस गर्ने प्रस्ताव गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एक जना राष्ट्रियसभा सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।
Featured News
Comments