Loading...
Logo
Image

ललितपुरमा कर्फ्यू लाग्यो

ललितपुरको रिङ रोड क्षेत्रभित्र कर्फ्यू लगाइएको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रशासनबीच बढेको तनावले बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङ रोड क्षेत्रभित्र कर्फ्यू लगाईएको हो ।  

निषेधाज्ञाको अवज्ञा गर्दै रथ तान्न लागेपछि पुलचोकमा विवाद हुँदा झडपको स्थिति बनेको थियो । स्थिति तनावपूर्ण हुन नदिन आज बिहानैदेखि कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कोभिड संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि बिहीबार भेला भएका युवालाई प्रहरीले हटाउन खोज्दा पुलचोकमा झडप भएको थियो ।

सोही रथ तान्न पुगेका भीडलाई हटाउन प्रहरीले आग्रह युवाले प्रतिकार गरेका थिए । जसका कारण प्रहरी र युवाबीच झडप नै हुन पुग्यो । झडपमा केही सुरक्षाकर्मी घाइतेसमेत भएका छन् ।  

Comments