# Recent News
- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।
राष्ट्रपतिबाट मनोनित कोटामा राष्ट्रिय सभाको सांसद नियुक्त भएका उनले करिब साढे वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । उनको सांसदको पदावधि ६ महिनाअघि नै सकिएको थियो ।
सांसदको पद सकिएपछि संवैधानिक व्यवस्थाअनुसार ६ महिना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी सांसदमा पुनः मनोनित नहुने भएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।
आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको उनको भनाई थियो ।
Featured News
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments