Loading...
Logo
Image

युवा देशका आधार स्तम्भ हन् : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको राजनितिक परिबर्तनमा युवाहरुले खेलेको भुमिका आफैमा अदितिय रहेको बताएका छन् । नेपाल युवा परिषद बागमती प्रदेशले आयोजना गरेको दोस्रो प्रदेश युवा सम्मेलन २०२० को उदघादन सम्बोधन गर्दै पौडेलले युवा देशको आधार स्तम्भ, नवीन चेतना र बिचारका संबाहक र परिबर्तनका अग्रगामी दस्ता भएको कुरा बताए ।

कोभिड महामारिका कारण भर्चुवल माध्यमबाट उक्त सम्मेलनमा बागमती प्रदेश भरिका १३ वटै जिल्लाबाट सहभागी करिब १२० जना युवालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले कोरोनाको कारण हजारौं संख्यामा बेरोजगारी बढेको र बिदेशबाट पनि लाखौं संख्यामा रोजगारी गुमाउँदै स्वदेश फर्कनेको संख्या पनि उल्लेखनीय रहेकोले उनिहरुलाइ स्वदेशमै रोजगारीको सृजना गर्न दत्तचित्त भएर प्रदेश सरकार लागि परेको कुरा पनि जानकारी दिए। 

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको सफलताको  शुभकामना ब्यक्त गर्दै मुख्यमन्त्रीले सम्मेलनले युवाको सवालमा महत्वपुर्ण निर्णय, ठोस कार्यक्रम तथा रचानात्मक सुझाब प्रस्तुत गर्ने बिश्वास ब्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट यस अभियान प्रती ऐक्यबद्धता जनाए।

त्यस्तै  बिशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य कल्पना नेपालीले सम्मेलनलाई शुभकामना ब्यक्त गर्दै समाजमा ब्याप्त बिकृती र बिसङ्गतीहरुप्रती युवाहरु एकजुट भएर लाग्नुपर्ने बताए भने अर्का प्रदेश सभा सदस्य रमेश पौडेलले युवाको हकहितको लागि आफू जुनसुकै बेलामा पनि तयार रहेको कुरा ब्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे। 

त्यस्तै नेपाल ओलम्पिक कमिटी वुमन एण्ड स्पोर्टस कमिसनकी महासचिब बिमला सङ्ग्रौला, नेपाल पर्यटन बोर्डका पुर्ब बोर्ड सदस्य कृष्णकुमार आर्याल र नेपाल रिसर्च एण्ड एडुकेसन नेटवर्कका अध्यक्ष लोचनलाल अमात्यले सम्मेलनको सफलताको सुभकामना ब्यक्त गरे।

सम्मेलनको पहिलो सेसनमा कोभिड १९ का बिरामी एवं बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिहं कार्कीले युवाहरुलाई कोभिड १९ बाट कसरी बच्न सकिन्छ र युवाहरुको भुमिका के हुन्छ भनेर सोच्नुपर्ने बताए । त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले सरकारले अहिलेसम्म गरेका कार्यहरु, आगामी दिनहरुका गरिने कार्ययोजना र युवाहरुको भुमिका के रहन्छ भनेर आफ्नो प्रस्तुतीकरण गरेेेका थिए । त्यसैगरी पहिलो सेसनका अर्का बक्ता ईन्दीरा रानामगरले लकडाउनको परिस्थितिमा गरेका कार्यहरुको बिषयमा जानकारी गराए । 

सम्मेलनको दोस्रो सेसन “मेरो प्रश्न मेरो जनप्रतिनिधिलाई” प्यानल छलफलमा पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजन कुमार केसी, बागमती प्रदेश सदस्य केशव पोखरेल र जुगल गाँउपालिकाका उपाध्यक्ष सृजना तमाङ्गले सहभागीहरुबाट आएका बिभिन्न प्रश्नहरुलाई सम्बोधन गरी महत्वपूर्ण भनाईहरु राखेका थिए ।

सम्मेलनको तेस्रो सेसनमा युवा उद्यमी तथा ग्यापु मार्केट प्रमुख, एक्सल ट्रिपका प्रमुख ज्ञानेन्द्र खड्काले उद्यमशीलताको क्रममा भोगेका संघर्षका कथाहरु युवाहरु समक्ष साटासाट गरेका थिए। त्यसैगरी स्मार्ट कृषिका संस्थापक अनिल रेग्मीले स्मार्ट कृषि एप्स निर्माण गर्नुको उदेश्य र बिभिन्न आरोह तथा अवरोहहरुको बिषयमा सहभागी युवाहरुसँग अनुभव साटासाट गरेेका थिए । 

सम्मेलनको अन्तिम बक्ता एवं अल्टा म्याराथुन धावक मिरा राईले आफनो संघर्षमय जिवन कथा युवाहरु समक्ष बताएका थिए । निरन्तर प्रयासले कुनै पनि लक्ष्य तथा उदेश्य हासिल गर्न सहज हुन्छ त्यसै सम्पूर्ण युवाहरुलाई निरन्तर प्रयास र मेहनत गर्न सुझाव समेत दिएको नेपाल युवा परिषदका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश युवा सम्मेलन २०२० का कार्यक्रम संयोजक शुदर्शन बिडारीले जानकारी दिए ।

Comments