- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

भियतनाममा प्रहरीले करिब ३ लाखवटा भन्दा बढी प्रयोग गरिएका कण्डम बिक्रीमा राखेको अवस्थामा बरामद गरेको छ ।
गैरकानुनी रूपमा ठूलो परिमाणमा बिक्रीका लागि राखिएको प्रयोग भइसकेका कन्डम बरामद गरेको हो ।
झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो ।भिडियो फुटेजमा कन्डमका दर्जनौं झोला देखिएको छ ।
प्रहरीले दक्षिणी भेगमा रहेको बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मारेर सो परिमाणमा कण्डम फेला पारेको हो ।
्
सो गोदामको मालिक भएको आशंकामा एक महिलालाई पक्राउ गरिएको छ।
ती कन्डमलाई पहिले पखालेर लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको बताइन्छ। त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ।
भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डमको प्रतिकिलो ०.१७ अमेरिकी डलरमा आफूले प्राप्त गर्ने बताएकी छन् ।
हालसम्म त्यस्ता कति कन्डम बजारमा बिक्री गरियो भन्ने स्पष्ट भएको छैन ।
-
3 years ago
के हो पैसा ? हेर्नुहोस् भिडियो ।
-
3 years ago
अब सेना परिचालन गरिन्छः गृहमन्त्री
-
3 years ago
अस्पताल बन्द हुँदा कसरी घटे आर्यघाटमा शव ?
Comments