Loading...
Logo
Image

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले विराेधका कार्यक्रमहरू सार्वजनीक गर्‍यो

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले पशुपति क्षेत्र विकास काेष  स्थानीय परम्परागत जात्रा–पर्व, धर्म, संस्कृति एवं प्राचीन बस्ती विनास हुनेगरी ल्याउन लागेकाे तथाकथित गुरुयोजना लगाएत काेषलाई कर्मचारी भर्ती केन्द्र र व्यापारिक केन्द्र बनाउन लागेकाे तर्फ खबरदारी गर्दै विभिन्न विराेधका कार्यक्रमहरू सार्वजनीक गरेको छ ।

काेषले प्रस्ताव गरेकाे गुरुयोजनामा पाशुपत क्षेत्रमा पर्ने काठमाडौं वडा नं ७, ८ र ९ वासीका हजारौं घरहरु अधिग्रहण हुने भनिएकाले स्थानियहरू आन्दाेलित छन । समितिले स्थानिय तहका निर्वाचित प्रतिनिधि सांसद, प्रदेश सांसद तथा काठमाडौं वडा नं ७, ८ र ९ बाट निर्वाचित वडा अध्यक्षहरूसंग अन्तरक्रिया कार्यक्रम, पत्रकार सम्मेलन, त्यस क्षेत्रका परम्परागत माैलिक बाजागाजा, झाँकिसहितकाे सांस्कृतिक र्याली तथा ठाँउ–ठाँउमा विचार विमर्श र परामर्शका लागि बैठककाे आयाेजना गरिसकेकाे छ भने  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेकाे ३ सदस्यीय कार्यदल बीचमा पनि वार्ता भैसकेको छ । कार्यदलले वार्तामा एक महिना भित्र प्रतिबेदन पेश गर्ने प्रतिबध्दता गरेपनि एक महिना बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको र पशुपति क्षेत्र विकास काेषले  नयाँ कर्मचारी भर्तीकाे लागि प्रक्रिया अगाडी सारेको साथै कोरोनाको महामरीमा पनि आफुहरु आन्दोलित हुनुपर्ने अवस्था आएको  संघर्ष समितिका संयाेजक आशामान संगतले बताउनु भयाे । आश्विन १८ गते साँझ ७ः०० बजे देखि ७ः३० बजे सम्म पशुपति क्षेत्र भित्र ब्ल्याक आउट गरेको थियाे ।


संघर्ष समितिले बिराेधका कार्यक्रमहरू यस्ता छन ?

१. २०७७ आश्विन १८ गते आईतवार र १९ गते साेमबार  साँझ ७ः०० बजे देखि ७ः३० बजे सम्म पशुपति क्षेत्र भित्र ब्ल्याक आउट गर्ने ।

२. २०७७ आश्विन १९ गते साेमबार विहान ९ः ०० बजे देखि ११ः०० बजे सम्म प्लेकार्ड सहित पशुपति क्षेत्र बिकास काेषकाे कार्यालमा धर्ना बस्ने ।

३. २०७७ आश्विन २१ गते बुधवार विहान ९ः ०० बजे देखि ११ः०० बजे सम्म पशुपति क्षेत्र बिकास काेष घेराउ गर्ने । 

Comments