Loading...
Logo
Image

रंगशाला निर्माणको लागि जनचेतना नेपालद्वारा सहयोग रकम हस्तान्तरण

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे लागि जनचेतना नेपालले सहयोग रकम हस्तान्तरण गरेको  छ ।

जनचेतना नेेेेपालका बागमती प्रदेश संंयोजक मुना निरौला त्रिपाठीको पहलमा बिभिन्न व्यक्ति तथा संस्थाबाट संंकलित नगद रु १,०५,६७५ (एकलाख पाँच हजार छ सय पचहत्तर रुपैयाँ) रंगशाला निर्माणस्थल पुगेर हस्तान्तरण गरिएको हो । जनचेतना नेपालका अध्यक्ष  बालकृष्ण निरौला , कार्यक्रम संयाेजक कविन्द्र त्रिपाठी, सल्लाहकार नायक विनाेद श्रेष्ठ, चितवन निवासी समाजसेवी दुर्गा प्रसाद गौतमकाे उपस्थितिमा उक्त रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई मुना निरौला त्रिपाठीले हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरणका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्।

Comments