
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका गर्नुका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।
हेरफेर र विस्तारका क्रममा विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरिएको छ । मन्त्रिपरिषद्मा दुई नयाँ अनुहार थपिएका छन् भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा कार्यालयको जिम्मेवारी दिइएको छ ।
सांसद लीलानाथ श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सांसद कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री नियुक्त गरिएको छ। यसअघि महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।
Comments